पाकिस्तानी प्रधानमन्त्री अब्बासी अमेरिकामा अपमानित

पाकिस्तानी प्रधानमन्त्री अब्बासी अमेरिकामा अपमानित


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ चैत्र २०७४
  • 26.5K
    Shares

गत हप्ता आफ्नी बिरामी बहिनी भेट्न अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी अमेरिकामा अपमानित भएका छन् । अमेरिकाको एयरपोर्टमा रुटिन सुरक्षा जाँच हुँदै उनले सामान्य नागरिक सरह अगाडि बढ्नु परेको पाकिस्तानी संचारमाध्यमहरुले बताएका छन् । अब्बासीको ब्याग र कोट सेक्युरिटी चेक गरेको देखिएको पाकिस्तानी एक टेलिभिजनले बताएको छ ।

बहिनी भेट्ने बहानामा पुगेका अब्बासीले अमेरिकी उपराष्ट्रपति माइक पेंससंग भेट गरेका थिए । कुटनीतिक पासपोर्ट भएको २२ करोड जनताको प्रधानमन्त्रीले निजी भ्रमण भन्दैमा सुरक्षा चेकिङका नाममा अपमानित गरिनु राम्रो नभएको पाकिस्तानीहरुले बताएका छन् ।
ट्रम्प प्रशासनले पाकिस्तानीमाथि भिसामा कडाइ गर्नुका साथै रक्षा मद्धत कार्यक्रम रोकेर पाकिस्तानलाई झड्का दिइसकेको छ ।

अमेरिकाले पछिल्लो पटक पाकिस्तानका ७ कम्पनीलाई परमाणु ब्यापार मामलामा प्रतिवन्धित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार