काश्मिरमा प्रदर्शनकारी र सुरक्षाकर्मी बीच झडप, कम्तिमा ६ जना मारिए

काश्मिरमा प्रदर्शनकारी र सुरक्षाकर्मी बीच झडप, कम्तिमा ६ जना मारिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ फाल्गुन २०७४
  • 7.6K
    Shares

भारत अधिनस्थ काश्मिरमा भएको एक प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा छजनाको मृत्यु भएको छ । हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न प्रहरीले सोमबार अश्रु ग्याँस प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको थियो ।

प्रहरीबाट मारिएका छ जना मध्ये चार जना आमनागरिक रहेका अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीहरुकाबीचमा झडप भएपछि तनावपूर्ण अवस्था सृजना भएकाले सरकारी निकायहरुले विद्यालय र इन्टरनेट सेवा बन्द गरिदिएका छन ।

एक प्रहरी अधिकारीले सुरक्षाकर्मीहरु र प्रदर्शनकारीहरुकाबीचमा लामो समय झडप जारी रहेको एएफपीलाई जानकारी दिएका छन । लगातार लामो समयसम्म भएको झडपमा परी के कति जना घाइते भएका छन् भन्ने बारेमा यकिन हुन नसकेको सुरक्षा अधिकारीहरुको भनाई छ ।

गत आइतबार साँझ पनि काश्मिरको भारत अधिनस्थ सोपिन जिल्लामा रहेको एक जाँचचौकीमा शंकास्प्रद लडाकू र सुरक्षाकर्मीबीच भएको दोहोरो गोली हानाहानमा चार व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार