निजी सम्पतिका लोभीहरु कम्युनिस्ट पार्टीका नेता हुँन सक्दैनन्ः सी जिनपिङ

निजी सम्पतिका लोभीहरु कम्युनिस्ट पार्टीका नेता हुँन सक्दैनन्ः सी जिनपिङ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ कार्तिक २०७४
  • 55K
    Shares

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले व्यक्तिगत धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन नहुने बताएका छन् । राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा गर्न नसक्ने बताए ।

चीनमा भ्रष्टाचारविरुद्ध विशेष अभियान चलाएर विश्व चर्चित बनेका सीले नीजि धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको राजनीतिमा लाग्नुभन्दा व्यपारमा लाग्न सुझाव समेत दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका १९ औं महाधिवेशको पूर्वसन्ध्यामा पार्टीका आन्तरिक प्रशिक्षणमा राष्ट्रपति सीले उक्त भनाई राखेको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

सीले आफ्नो पहिलो कार्यकाल पूरा हुँदासम्म १० लाख सरकारी कर्मचारी, १५० पार्टीका उच्च नेतालाई भ्रष्टाचार संलग्न भएको भन्दै कारवाही गरिसकेका छन् । चीनमा पछिल्लो पटक मौलाउँदै गएको भ्रष्टाचारले हैरानी बनाएका चिनियाँ जनता र पार्टीका कार्यकर्ताहरुले सीको अभियानलाई साथ दिँदै आएको छ । त्यसैगरी जनमुक्ति सेनाले पनि सीको अभियानको समर्थन गर्दै आएको छ ।

। चिनियाँ कम्युनिस्ट पार्टीका १९ अौं महाधिवेशनले सी जिनपिङलाई पुनः महासचिवमा निर्वाचित गरेको छ ।

सीको नाममा राजनीतिक सश्‍लेषण ‘विचारधारा’ गरेको महाधिवेशनले सीलाई अर्को कार्यकालको लागि जिम्मेवारी सुम्पेको छ ।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको विस्तारित बैठकले महासचिव सीसहित स्थायी समिति सदस्यहरुको नाम सार्वजनिक गरेको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

स्थायी समितिमा प्रधानमन्त्री ली खछ्याङ, ली चानसाउ, वाङ याङ, वाङ हुनिङ, चाउ लिजी र हान चाङ निर्वाचित भएका छन् ।

यअसघि एक नयाँ सदस्यमा स्थायी समितिमा ल्याउने पार्टीको परम्पराले निरन्तरता पाएको छैन ।

नवनिर्वाचित महासचिव सीले भ्रष्टाचार विरोधी अायोगलाई शक्तिशाही बनाउने भन्दै चर्चित नेता चाउ लिजीलाई प्रमुख बनाउने प्रस्ताव गरेका थिए । विस्तारित बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार