दुर्घटनामा किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन

दुर्घटनामा किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ असोज २०७४
  • 7.3K
    Shares

किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ । एक राजमार्गमा गुडिरहेको उहाँको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ ।

स्थानीय समयानुसार शनिबार विहान करिब ७.३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।उपप्रधानमन्त्री झुमाकादिरोभ र उहाँको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररहनु भएको थियो । उहाँहरु दुबै जनाको भने दुर्घटना स्थलमा मृत्यु भएको बताइएको छ ।

गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षको हुनुुहुन्थ्यो । उहाँ गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार