मुम्बइ। बलिउड एक्ट्रेस अनुष्का शर्माको फिल्म ‘परी’को सुटिङ हुँदै गर्दा सुटिङस्थलमा दुर्घटना भएको छ । दुर्घटनामा एक जना प्राविधिकको मृत्यु भएको छ ।
कोलकातामा भइरहेको सुटिङमा करेन्ट लागेर शाह आलम नामका प्राविधिकको मृत्यु भएको छ । मृतक शाह आलम उत्तर प्रदेशका भएको बताइएको छ । सुटिङस्थलमा लाइटिङको लागि तारहरु बिच्छ्याइएको थियो । तर, त्यहाँ धेरै झाडी थिए । सुडिङपछि सामान उठाउने क्रममा झाडीका कारण प्राविधिक नाङगो तारमा परेपछि दुर्घटना भएको हो । शाहलाई बेहोस अवस्थामा अस्पताल पु¥याइएकोमा अस्पतालमा उनको मृत्यु भएको हो ।