नयाँ दिल्ली। चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ ।
भारतले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा चिनियाँ सेना प्रवेश गर्न खोजेपछि सामान्य झडप भएको जनाएको छ । तर चीनले सीमा क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्न खोजेपछि भारतीय सेनालाई पछाडि हटाइएको दाबी गर्दै आएको छ ।स्थिति नियन्त्रणमा लिन ‘ब्यानर ड्रिल’ गरिएको र दुबै पक्षका सेना आ–आफ्नो स्थानमा फर्किएको भारतीय संचारमाध्यमले सैनिक स्रोतलाई उद्धृत गर्दै जनाएका छन् । एजेन्सी