घुस लिंदै गर्दा जिल्ला शिक्षा कार्यालय पाँचथरका एक सव इञ्जिनियर प्रकाउ

घुस लिंदै गर्दा जिल्ला शिक्षा कार्यालय पाँचथरका एक सव इञ्जिनियर प्रकाउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ असार २०७४
  • 7.9K
    Shares

फिदिम: एक लाख २५ हजार रुपैँया घुस लिंदै गर्दा जिल्ला शिक्षा कार्यालय पाँचथरका एक सव इञ्जिनियर प्रकाउ परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मनोज कुमार यादवलाई मंगलबार शिक्षा कार्यालयबाटै पक्राउ गरेकोहो। एक विद्यालयका प्रधानाध्यापकबाट एक लाख २५ हजार रुपैंया घुस लिँदै गर्दा इटहरीबाट खटेको अख्तियारको टोलीले यादवलाई पक्राउ गरेको प्रहरीले बताएका छन ।

२०७० सालमा पाँचथरको एक विद्यालयमा चार कोठे पक्की भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख बजेट छुट्याईएको थियो । ३० प्रतिशत रकम समुदायबाट उठाएर भनव निर्माण गर्नुपर्ने भएपनि उक्त रकम समुदायबाट नउठेपछि निर्धारीत समयमा भवन निर्माणको काम सम्पन्न हुन सकेको थिएन ।

समयमै भवन सम्पन्न नभएपछि जिल्ला शिक्षा कार्यालयले एक लाख ६० हजार रुपैँया रोक्का गरेको थियो । रोक्का भएको रकम निकास गर्न र भवनको प्राविधिक रिर्पोट तयार पारिदिने भन्दै यादवले विद्यालयका प्रअबाट एक लाख २५ हजार रुपैँया घुस मागेका थिए । प्रअबाट घुस लिदै गर्दा अख्तियारको टोलीले यादवलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार