पार्टी विरोधी गतिविधिमा लागेको भन्दै केन्द्रीय नेता सहित ४ लाई माओबादी केन्द्रवाट निष्काशन

पार्टी विरोधी गतिविधिमा लागेको भन्दै केन्द्रीय नेता सहित ४ लाई माओबादी केन्द्रवाट निष्काशन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ असार २०७४
  • 10.9K
    Shares

स्थानीय तहको निर्वाचनमा पार्टी निर्णयविपरीत गएर गतिविधि गरेको भन्दै नेकपा माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्यसहित चार जनालाई पार्टीबाट निस्कासन गरेको छ ।

माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हर्कबहादुर कामी, केन्द्रीय सल्लाहकार लक्ष्मीप्रसाद पुन, जिल्ला सदस्य भरत पुन र जिल्ला सल्लाहकार मनिराम पुनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ ।

जिल्ला अध्यक्ष गोपाल शर्माले जनविरोधी शक्तिको उक्साहटमा लागेर स्थानीय तहको निर्वाचनमा पार्टीविरोधी गतिविधिमा गएकाहरुलाई कारबाही गरेको जानकारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा हर्कबहादुर कामीले पुथाउत्तरगंगा गाउँपालिका–२, को अध्यक्षमा एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् । सोही गाउँपालिका–१,को वडा सदस्यमा स्वतन्त्र प्यानलमा लक्ष्मीप्रसाद पुनले उम्मेदवारी दिएका छन् भने भरत पुनले सोही वडाको अध्यक्षमा स्वतन्त्र प्यानल बनाएरै उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार