काग्रेस बाहेक अन्य पाटीले यो मुलक हाँक्न नसक्ने -यूवा नेता गगन थापा

काग्रेस बाहेक अन्य पाटीले यो मुलक हाँक्न नसक्ने -यूवा नेता गगन थापा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ असार २०७४
  • 7.9K
    Shares

पाँचथर। नेपाली काग्रेसका यूवा नेता गगन थापाले काग्रेस बाहेक अन्य पाटीले यो मुलक हाँक्न नसक्ने वताउनुभएको छ । पाँचथरको हिलिहाङ वडा नम्बर ७ सिमखर्कमा आज भएको चुनावी सभालाई सम्वोधन गर्दे उहाँले यस्तो वताउनुभएको हो । काग्रेसले यो मुलुकको परिवर्तन गर्दे आएको र अव पनि मुलुकको समृद्धि र विकाशको रेखा कोर्ने उहाँले वताउनुभयो । अव पनि स्थानिय तहको विकाश अरु पाटीबाट सम्भव नहुने भएको हुँदा काग्रेसकै उम्मेद्धवारलाई अमूल्य मत दिएर विजयी गराईदिन जनतालाई आग्रह गर्नुभयो ।
यस्तै चुनावको मुखमा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ स्थित भारपामा आज नेकपा एमालेबाट पूर्व गाविस अध्यक्ष सहित १ सय ५० जना नेता कार्यकर्ताहरु नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।

आज विहान भारपामा आयोजित एक कार्यक्रमका वीच ०५४ सालको गाविस अध्यक्ष बनेका एमालेका दुई पटक सम्म जिल्ला सदस्य बनेका तिलविक्रम इदिङगो सहित एक सय ५० जना एमालेका नेता कार्यकर्ताहरु नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।  मुलकको समृद्धि र विकाश अव काग्रेसले मात्रै गर्न सक्ने भन्दै उनीहरु काग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली काग्रेसका यूवा नेता गगन थापाले टिकट दिएर पाटीमा प्रवेश गराउनुभएको हो । ।

प्रतिक्रिया
सम्बन्धित समाचार