पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलट प्रभात सुवेदीको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलट प्रभात सुवेदीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ असार २०७४
  • 35.3K
    Shares

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुदा कास्कीका प्रभात सुवेदीको मृत्यु भएको छ । सोमबार दिउसो प्याराग्लाइडिङको उडान गर्ने क्रममा फेवातालमा डुबेर २७ वर्षे सुवेदीको मृत्यु भएको हो ।

पोखरा लेखनाथ ३३ घर भएका सोलो पाइलट रहेका सुवेदी ब्लूस्काई प्याराग्लाइडिङबाट डेभलपमेन्ट ट्रेनिङमा सहभागी भएका उनको  रेस्क्यु  प्याराग्लाइडिङ सिक्ने क्रममा तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तालमा डुवेका सुवेदीलाई उद्धार गरी पोखराको मेट्रोसिटी अस्पतालमा ल्याएपछि उनलाई डाक्टरले मृतक घोषित गरेको हो । उनको शव अहिले पश्चिमाञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार