कपिलवस्तुको निर्वाचन कार्यालय अघि विस्फोट हुँदा १० जना घाईते

कपिलवस्तुको निर्वाचन कार्यालय अघि विस्फोट हुँदा १० जना घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ असार २०७४
  • 8.8K
    Shares

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित गजेहडामा बम बिष्फोट भएको छ । बिष्फोटमा परी १० जना सर्वसाधारण घाइते  भएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार घाइते मध्ये आठ जनालाई पिपरा स्वास्थ्य चौकीमा र दुई जनालाई वुटवल पठाइएको छ ।
काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार मनोनयन दर्ता गर्न प्रवेश गरे लगत्तै बाहिर साइकलमा राखिएको टाइम बम बिष्फोट भएको हो । मध्यान्न १.३० बजे बम बिष्फोट भएपछि सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षा अधिकारीहरु जुटनु भएको छ ।

घटनास्थललाई नेपाली सेनाले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार