नेकपाद्वारा भेल्तडी दुर्घटनाप्रति दुःख व्यक्त

नेकपाद्वारा भेल्तडी दुर्घटनाप्रति दुःख व्यक्त


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ असार २०७४
  • 8.7K
    Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले दैलेखका राकम–भेल्तडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले एक शोक विज्ञप्ति जारी गरेर सरकार यातायात क्षेत्रप्रतिको गैरजिम्मेवारीपनकै कारण वर्षेनी हजारौं नागरिकले सडक दुर्घटनामा परी अकालमा ज्यान गुमाउनु परेको बताएका छन् ।

“जेठ ३१ गते बेलुकी ३ बजेतिर कालीकोट जिल्लाको जीतेबजारबाट ३२ जना यात्रु बोकेर महेन्द्रनगर जान लागेको बस दैलेख जिल्लाको नैनेलदेव मन्दिरमा नजिकै दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएको घटनाले हाम्रो पार्टीलाई स्तव्ध बनाएको छ” विज्ञप्तिमा भनिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न परिवार र आफन्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्नुको साथै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

त्यसैगरी विज्ञप्तिमा मृतकका परिवारलाई राहात र घटनामा परेका घाईतेहरुको राज्यले शिघ्र उपचारको व्यवस्था गर्न माग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार