प्रमुख तीन दल र राष्ट्रिय जनता पार्टीका नेताहरुबीत छलफल भइरहेको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा सुरु भएको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपाका शीर्ष नेताहरु सहभागी छन् ।
जारी बैठकमा प्रमुख दलहरुले राजपालाई आन्दोलन फिर्ता लिएर चुनावमा आउन मनाउने प्रयास गरिरहेका छन् । राजपा भने अस्ति देखि चुनाव विथोल्ने गरी आन्दोलनमा गइसकेको छ ।