राजपाको नियन्त्रणमा मतदान अधिकृत

राजपाको नियन्त्रणमा मतदान अधिकृत


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ जेष्ठ २०७४
  • 11.2K
    Shares

सप्तरी/ आन्दोलनरत राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले निर्वाचन अधिकृतहरुको तालिमस्थल घेराउ गरेका छन् । साथै त्यहाँ पुगेका मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर बलपूर्वक धर्नास्थलमा राखेका छन् ।

निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुका लागि महेन्द्र विन्देश्वरी क्याम्पसमा तालिम राखेको थियो । तर, सुरु हुनु अगाडि नै राजपाका कार्यकर्ताले क्याम्पस घेराउ गर्दै धर्ना दिएका छन् ।

राजपाका कार्यकर्ताले तालिममा सहभागी हुन आएका निर्वाचन तथा मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर धर्नामा बसालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार