अवैध नेटवर्किङ व्यवसायमा सिआइबीको छापा, १ सय २ जना पक्राउ

अवैध नेटवर्किङ व्यवसायमा सिआइबीको छापा, १ सय २ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ जेष्ठ २०७४
  • 9.4K
    Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अवैध रुपमा नेटवर्किङ व्यवसाय संचालन गरेको अभियोगमा १ सय २ जनालाई पक्राउ गरेको छ।

काठमाडौंको सिनामंगलस्थित सिद्धार्थ फुडल्याण्डमा छापा मारेर सिआइबीले रमेश महर्जनसहित  १ सय २ जना पक्राउ गरिएको एसपी मिरा चौधरीले जानकारी दिइन।

पक्राउ पर्ने झण्डै ३० जना महिला छन्। ‘१ सय २ जनामध्ये १४ जना अवैध नेटवर्किङ संचालन गर्ने मानिसहरु रहेछन्,’ एसपी चौधरीले भने, ‘उनीहरुमाथि म्याद थप गरी मुद्दा चलाइन्छ।’

कम्तीमा ३ लाख ५० हजार रुपैयाँबाट अवैध नेटवर्किङ व्यवसायमा सम्लग्न हुन सकिने  एसपी चौधरीले बताइन।  एक जनाले अर्को मानिस सदस्य बनाए सो रकम बढ्दै बढ्दै जाने उनले बताइन।

प्रहरी केही वर्ष अघि यस्तै प्रकृतिको युनिटी समूहमा छापा अवैध नेटवर्किङ धन्दा बन्द गराएको थियो। मुख्य संचालकहरुलाई पक्राउ गरेको थियो। युनिटीका संचालक अझै जेलमा नै छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार