भरतपुर प्रकरणमा बिचाराधीन मुद्दाको टुंगो आज पनि लाग्न सकेन

भरतपुर प्रकरणमा बिचाराधीन मुद्दाको टुंगो आज पनि लाग्न सकेन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ जेष्ठ २०७४
  • 13.5K
    Shares

काठमाडौं । भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा रहेको बिचाराधीन मुद्दाको टुंगो आज पनि लाग्न सकेन।

न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा राखिएको भरतपुर प्रकरणको पेशी १७औं नम्बरमा परेकाले आज हेर्न नभ्याइनेमा परेको सर्बोच्चअदालतले जनाएको छ ।

पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध एमालेका १९ नम्बर वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा सहितले सर्बोच्चमा रिट दायर गरेका थिए ।

यसअघि न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल अघि नबढाउन अन्तरकालीन आदेश दिएको थियो । एमालेले भरतपुर १९ को पुनः मतगणना माग गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार