तराई मधेशमा एमाले बडारिन्छ भन्नेहरु आफै समाप्त हुने – एमालेका अध्यक्ष केपी शर्मा ओली

तराई मधेशमा एमाले बडारिन्छ भन्नेहरु आफै समाप्त हुने – एमालेका अध्यक्ष केपी शर्मा ओली


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ जेष्ठ २०७४
  • 9.4K
    Shares

नेपालगन्ज :प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेशमा एमाले बडारिन्छ भन्नेहरु आफै समाप्त हुने पनि दावी गर्नु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको उम्मेदवार घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्षले ओलीले त्यस्तो दावी गर्नु भएको हो ।

उहाँले एमालेलाई पराजित गरेर देशलाई कमजोर पार्न चाहनेहरु नै एमाले तराई मधेशमा बडारिन्छ भन्ने भ्रम फैलाइरहेकोको पनि बताउनुभयो । उहाँले शान्ति ,सदभाव र राष्ट्रिय स्वाभिमान चाहने तराई मधेशका जनताले एमालेलाई भोट दिने बताउनु भयो । अध्यक्ष ओलीले मुलुकमा सदभाव कायम गर्ने,विकास समृद्ध गर्ने पार्टी एमाले मात्रै भएको दाबी गर्नु भयो । उहाँले एमालेलाई घेराबन्दी पारेर कमजोर गराउने षडयन्त्र सफल नहुने बताउनु भयो
उहाँले पहिलो चरणको निर्वाचनमा एमाले पहिलो शक्ति भएपछि अतालिएर गनिसक्न लाग्दा २÷४ वटा मतपत्र च्यातेर तमासा गरेको बताउनु भयो ।

अध्यक्ष वली निर्वाचन अघि स्थानीय तहको सख्यामा कुनै थपघट नहुने स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘ठुक्क हुनु होस ,असार १४ को मिति सर्दैन, स्थानिय तहको सख्यामा पनि थपघट हुदैन । ’

उहाँले नेपालगन्जको मेयरको उम्मेदवारमा समसुद्धिन सिद्धिकी र र उपमयेरमा शान्ती ढकालको नाम घोषणा गर्नु भएको छ । समसुद्धिन सिद्धिकी २०५४ सालको स्थानिय निर्वाचनमा एमालेका तर्फ उपमयेर हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार