राजविराज : खाँडो खोलामा अचानक आएको बाढीले बाँध भत्काएपछि शनिबार तिलाठी–कोइलाडी गाउँपालिका डुबानमा परेको छ ।
चुरे पहाड हँुदै अकस्मात खाँडो खोलामा उर्लिएको बाढी राजविराज–कुनौली सडक खण्डमा बन्दै गरेको पुल नजिकैको बाँध भत्काएर गाउँ पसेको हो । बाढीले उक्त गाउँपालिकाको वडा नं. ३ का करिव ३५ घर डुवानमा परेको प्रहरी सहायक निरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो ।
बाढीले तिलाठीबाट राजविराजतर्फ आउँदै गरेको को.१प ६८७२ नम्बरको मोटरसाईकल समेत बगाएर वेपत्ता बनाएको छ । मोटरसाईकल चालक राजविराज ५ का रामचन्द्र दासको भने प्रहरी टोलीले उद्धार गरेको छ ।
खोलाको पानी गाउँमा पसेपछि बालीमा क्षति पुग्नुका साथै गाउँलेहरुको आवतजावत अबरुद्ध भएको छ ।