कोरियन भाषा परीक्षा सुरु,देशभारबाट ७५ हजार भन्दा बढी परीक्षार्थी

कोरियन भाषा परीक्षा सुरु,देशभारबाट ७५ हजार भन्दा बढी परीक्षार्थी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ जेष्ठ २०७४
  • 11.2K
    Shares

परिक्षार्थिको चेक गर्दै प्रहरी

काठमाडौं । सन् २०१८ को लागि शनिबारबाट कोरियन भाषा परीक्षा सुरु भएको छ । देशभारबाट ७५ हजार भन्दा बढी परीक्षार्थी  छन् ।

आज र भोलि गरेर ४ सिफ्टमा परीक्षा गर्न लागिएको ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारीले बताए । यसका लागि काठमाडौंमा १७ र ललितपुरमा ९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

गतवर्षहरुमा पोखरामा पनि परीक्षा केन्ऽ तोकिन्थ्यो । तर, यो वर्ष प्राविधिक कारण सबै परीक्षार्थीलाई काठमाडौंमा परीक्षा लिन लागिएको भण्डारीले बताए । विहान परीक्षा भएका परीक्षार्थीहरुको केन्द्रहरूमा भीड थियो । परीक्षार्थीलाई गेटदेखि नै कडा जाँचसहित केन्द्रमा प्रवेश दिइएको थियो । परीक्षामा मोबाइल, ट्याब, स्मार्ट वाच लगायत इलेक्ट्रोनिक्स डिभाइस ल्याउन नपाइने ब्यवस्था गरिएको छ ।

यो वर्ष ७५ हजार ५ सय ८० जनाले परीक्षा दिँदैछन् । त्यसममध्ये १० हजार २ सय जना परीक्षामा उर्त्तीण हुनेछन् । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुनेछन् । असार १६ गते परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार