आश तमु पोखरा/ छोरा हृदयेन्द्र वीर बिक्रम शाहको ब्रतबन्ध पछि कुल देवता लगायतका देवी देवताको मन्दिरहरुमा पूजा अर्चनामा लागिपरेकी पूर्व युवराज्ञी हिमानी शाह मुस्ताङ हाकिएकी छन।
पूर्व युवराज्ञी हिमानी शाह स्याङजाको आलमदेवी मन्दिरको दर्शनार्थ नगई आफ्नै निजी सवारीमा मुस्ताङ हाकिएकी हुन। निकट स्रोतका अनुसार पूर्व युवराज्ञी हिमानी शाहमा आन्तरिक समस्याका कारण पुजापाठ रोकि घुमघामका लागी मुस्ताङ गएको बताइएको छ।
पुर्व घोषित कार्यक्रम अनुसार शाह आलमदेवीको दर्शन पछी पोखरा तालबाराहीमन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको थियो।