पोखरा, ९ मंसिर २०८३ ।
पोखरामा गुण्डागर्दी शैलीमा लुटपाट प्रयास गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकमा सोमबार गुण्डागर्दी शैलीमा लुटपाट प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीको नियन्त्रणमा रहेका अभियुक्तहरुमा पोखरा–८ जाल्पा रोड बस्ने ३६ वर्षीय यामु रानाभाट र पोखरा–९ पृथ्वीचोक बसपार्क बस्ने २६ वर्षीय अर्जुन नेपाली छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई आज मंसिर ९ गते पोखरा–६ अन्नपूर्ण गल्लीबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु समेत तीन जनाले पोखराको पृथ्वीचोकमा बसिरहेका एक युवालाई लुटपाट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।