धनुषामा हतियार बोकेर हिँडिरहेकी महिला पक्राउ : कटुवा पेस्तोल र गोली बरामद

धनुषामा हतियार बोकेर हिँडिरहेकी महिला पक्राउ : कटुवा पेस्तोल र गोली बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ मंसिर २०८३
  • 0
    Shares

काठमान्डौ, ६ मंसीर २०८३।

धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोल निवासी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार, विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब सात बजे धनुषाधाम नगरपालिका–४ स्थित गौरीपुर टोलबाट उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार महतोले आफ्नो कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा फेला परेकी थिइन् ।

पक्राउ परेकी महतोलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । उनीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार