काठमाण्डौ, ६ मंसीर २०८३।
प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने भारतको राजकीय भ्रमणका लागि आइतबार दिउँसो काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गरेका छन्।
उनी नेपाल वायु सेवा निगमको एयरबस ‘ए–३२०’ जहाजबाट दिउँसो १ः४५ बजे दिल्ली उडेका हुन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकोे निमन्त्रणामा शाह दुई दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्रीको भारत भ्रमण दलमा ३५ सदस्य छन्। उनी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रधानन्त्री बालेन्द्र शाहलाई दुई मन्त्री र उनी आबद्ध दलबाट प्रवक्ताले विदाइ गरेका छन्।
दुई दिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली जान लागेका शाहलाई त्रिभुवन विमानस्थलमा पुगेर ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङ र रास्वपाका प्रवक्ता जगदीश खरेलले विदाइ गरेका हुन्। उनीहरू विमानस्थलमै पुगेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह राजकीय भ्रमणमा निस्किएका हुन्। उनी नेपाल वायुसेवा निगमको एयरबस ए ३२० जहाजबाट दिल्ली प्रस्थान गरेका छन्।
प्रधानमन्त्री बालेन शाहको दुईदिने राजकीय भारत भ्रमणमा ३५ सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार भ्रमण टोलीमा प्रधानमन्त्री बालेनसहित अर्थमन्त्री डा.स्वर्णिम वाग्ले,परराष्ट्रमन्त्री शिशिर खनाल,प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र लगायत रहेका छन्।
यसैगरी मुख्यसचिव गोविन्दबहादुर कार्की,परराष्ट्र सचिव अमृतबहादुर राय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रुद्रसिंह तामाङ र प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा पनि भ्रमण टोलीमा छन् ।
सत्तारुढ रास्वपाले भ्रमणले दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने जनाएको छ।
प्रधानमन्त्रीसँग भेटमा सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए। रास्वपाका अनुसार भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको छ।
प्रधानमन्त्रीको टोलीमा सहभागी छन् यी ३५ सदस्य :
१. प्रधानमन्त्री बालेन्द्र शाह
२. स्वर्णिम वाग्ले, अर्थमन्त्री
३. माननीय शिशिर खनाल, परराष्ट्रमन्त्री
४. कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६. विवेक मिश्र, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. गोविन्दबहादुर कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव
८. अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सचिव
९. रुद्रसिंह तामाङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव
१०. सुभाष शर्मा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. याङ्की उक्याब, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत
१२. जगदीश्वर पाण्डे, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार, प्रधानमन्त्रीका निजी सचिव
१४. गहेन्द्रराज भण्डारी, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव
१५. कुमारराज खरेल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल
१६. लोकबहादुर पौडेल क्षेत्री, परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता
१७. अमृत लाम्साल, अर्थ मन्त्रालयका सहसचिव
१८. सुभाष ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव
१९. सुनील पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव
२०. दीपा दाहाल, प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. ललिता सिलवाल, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव
२२. विजय राज तण्डुकार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव
२३. लोचन पौडेल, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. दीपकराज निरौला, परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत
२५. मनोज गैरे, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका शाखा अधिकृत
२६. लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट, प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)
२७. मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२८. प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२९. विनय शाक्य, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
३०.तारा हमाल ढुंगाना, गोरखापत्रकी संवाददाता
३१. कमल कुमार बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता
३२. अशोक कुमार बस्नेत, नेपाल टेलिभिजन (एनटीभी) का भिडियोग्राफर
३३. प्रेमराज गौतम, परराष्ट्र मन्त्रालयका उपशिष्टाचार महापाल
३४. मेजर रोशन केसी, प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)
३५. मुकेश डंगोल महानिर्देशक, नेपाल नागरिक उडड्यन प्राधिकरण



