झन्डै दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

झन्डै दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ मंसिर २०८३
  • 209
    Shares

काठमाडौँ, २ मङ्सिर २०८३।

झन्डै दुई किलो सुनसहित काठमाण्डौको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

नेपाल एयरलाइन्समार्फत बुधबार बिहान १ः२५ बजे हङकङबाट काठमाडौँ आएका चिनियाँ नागरिक ५८ वर्षीय जियानहुवा वाङ झण्डै २ किलो सुनसहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

चेकजाँच गर्ने क्रममा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर ल्याएको एक किलो ८०३.७७ ग्राम सुन फेला परेको प्रहरीले दाबी गरेको छ । प्लास्टिकले बेरेर चारवटा डल्ला बनाएर उनले अर्धठोस अवस्थामा सुन लुकाएका थिए।

उनलाई थप कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका डीएसपी ढुण्डिराज नेउपानेले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार