धनुषामा छठघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत भेटिए

धनुषामा छठघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ मंसिर २०८३
  • 190
    Shares

धनुषा, ३० कार्तिक २०८३ ।

धनुषामा छठघाट कुरेर बसेका एक वृद्ध शंकास्पद अवस्थामा मृत भेटिएका छन् ।

शहीदनगर नगरपालिका-२ निवासी ६० वर्षीय रामजतन यादव (मनेजर) शिव मन्दिर परिसरमा रहेको छठघाटमा मृत अवस्थामा भेटिएका हुन् । उनी गएराति छठपूजाका सामग्री कुरेर एक्लै बसेका थिए ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण गरिएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा यादवको शव फेला परेको हो ।

मृतक यादवको गालामा चोटको निशान देखिनुका साथै रगतसमेत भेटिएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति शंकास्पद देखिएकाले मृत्युको कारणबारे अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक मुचुल्का तथा अनुसन्धानको काम अघि बढाएको छ । यादवको मृत्यु हत्या वा अन्य कुनै कारणले भएको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार