अमेरिकी वायुसेनाका क्याप्टेन जापानमा पक्राउ

अमेरिकी वायुसेनाका क्याप्टेन जापानमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० कार्तिक २०८३
  • 2.3K
    Shares

काठमाडौँ, २९ कात्तिक २०८३।

अमेरिकी वायुसेनाका एक क्याप्टेन शनिबार जापानमा पक्राउ परेका छन् ।

जापानको ओकिनावास्थित अमेरिकी वायुसेनाको काडेना एयर बेसमा कार्यरत अमेरिकी वायुसेनाका २७ वर्षीय क्याप्टेन ओमेना सी. मुशालेलाई जापानको प्रहरीले शनिबार पक्राउ गरेको हो । क्याप्टेन मुशालेले जापानको ओकिनावा टापुमा मदिरा सेवन गरी सवारी चलाएको आरोप लगाएको छ।

ओकिनावा प्रिफेक्चरल प्रहरीका प्रवक्ताका अनुसार, शनिबार बिहान करिब ३ बजेर ९ मिनेटमा ओकिनावा सहरको सडकमा गाडी चलाइरहेका २७ वर्षीय अमेरिकी वायुसेनाका क्याप्टेनलाई पक्राउ गरिएको हो।

ती क्याप्टेनले अमेरिकी अधिकारीहरूले लागू गरेको कफ्र्यू उल्लङ्घन गरे वा नगरेको भन्नेबारे भने अझै स्पष्ट भइसकेको छैन। क्योदो न्युजका अनुसार, पक्राउ परेका क्याप्टेन ओकिनावास्थित कादेना एयर बेसमा कार्यरत थिए।

यस घटनाबारे प्रतिक्रिया लिन उक्त सैन्य आधारका अधिकारीहरूसँग तत्काल सम्पर्क हुन सकेन।

प्रहरीका अनुसार, प्रशान्त क्षेत्रका दुई सहयोगी राष्ट्रबीच तनाव बढिरहेका बेला यो घटना भएको हो।

ओकिनावा टापुमा अमेरिकी मरिन सैनिक संलग्न रहेको आरोप लागेको हत्याको घटनापछि स्थानीयस्तरमा व्यापक आक्रोश उत्पन्न भएको थियो।

उक्त घटनापछि अमेरिकी सैनिकबाट हुने अपराध नियन्त्रणका उपाय अपनाउन टोकियो र वासिङ्टन सहमत भएको एक साता नबित्दै पछिल्लो गिरफ्तारी भएको हो।

जापानमा अमेरिकी सेनाका करिब ५४ हजार सैनिक तथा कर्मचारी तैनाथ छन्। तीमध्ये अधिकांश ओकिनावामा कार्यरत छन्। अमेरिकी सैनिकबाट हुने आपराधिक घटनाहरू लामो समयदेखि जापान र अमेरिकाबीचको सुरक्षा सम्बन्धमा चुनौतीका रूपमा रहँदै आएका छन्।

अमेरिकी अधिकारीहरूले गत साता तल्लो तहका सैनिकका लागि लागू गरिएको रात्रिकालीन कफ्र्यू डिसेम्बर ७ सम्म लम्ब्याउने घोषणा गरेका थिए। यसका साथै, मध्यरातदेखि बिहान ५ बजेसम्म सैनिकहरूलाई घरबाहिर मदिरा सेवन गर्न प्रतिबन्ध लगाइएको छ।

एजेन्सीहरुको सहयोगमा तयार पारिएको चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार