काठमाडौं, २२ कात्तिक २०८३ ।
इजरायलमा राष्ट्रपति इसाक हर्जोगले सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटलाई नयाँ सरकार गठनका लागि आव्हान गरेका छन्। उनले बिपक्षी नेता आइजेनकोटलाई सरकार गठन गर्न ६ हप्ताको समय दिएका छन्।
राष्ट्रपति हर्जोगले दिएको छ हप्ताभित्र आइजेनकोटले संसद्मा बहुमत प्रमाणित गर्नुपर्नेछ ।
सरकार गठनका लागि ६१ सांसदको समर्थन चाहिन्छ । आइजेनकोटलाई ६ दलका ६७ सांसदको समर्थन छ । तीमध्ये ४ यहुदी दलसँग ४८ सिट र २ अरब दलसँग १९ सिट छ ।
वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भने केवल ४६ सांसदको मात्र समर्थन छ । त्यसैले राष्ट्रपतिले उनलाई सरकार गठनको पहिलो मौका दिएनन् ।