दाङ, २२ कात्तिक २०८३ ।
दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
घोराही-१२ को साजखर्कबाट शुक्रबार बेलुकी पश्चिम दाङको साशर खोला जाँदै गरेको भे १ ज ६०४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने ६ जना घाइते छन् ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका घोराही उपमहानगरपालिका-१२ का ४० वर्षीय शेरमान घर्तीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँदा चिकित्सकले मृत घोषणा प्रहरीले जानकारी दिएको छ।
सोही दुर्घटनामा परेर घोराही-१२ का १३ वर्षीय उमेश बुढा, ६ वर्षीय विकास बुढा, २८ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय मानबहादुर बुढा र तुलसीपुर उपमहानगरपालिका-१३ का ९ वर्षीय अनमोल पुन घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको र प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले जिपका चालक तथा धनी घोराही-१२ का ३७ वर्षीय धमन घर्ती मगरलाई नियन्त्रणमा लिएको छ ।