कास्कीको धम्पुशका राजेन्द्र पौडेल हत्या प्रकरण : पक्राउ परे छ जना

कास्कीको धम्पुशका राजेन्द्र पौडेल हत्या प्रकरण : पक्राउ परे छ जना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ कार्तिक २०८३
  • 1.4K
    Shares

पोखरा, १० कार्तिक २०८३।

कास्कीको धम्पुशस्थित घिप्ले गाउँ बस्ने २२ वर्षीय राजेन्द्र पौडेलको हत्यामा संलग्न रहेको आरोपमा छ जना युवाहरु पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय ललित पुन तथा माछापुच्छ्रे गाउँपालिका–५, रिभानका ५७ वर्षीय विष्णुप्रसाद गुरुङ रहेका छन्।

उनीहरुले संगै बसेर मादक पदार्थ सेवन गरेको र त्यही बीचमा आपसमा बिबाद हुँदा लाठी तथा मुक्काले हानेर हत्या गरेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

प्रहरीका अनुसार, पौडेल सोमबार बिहान करीब सवा आठ बजेको समयमा आफ्नै घरदेखि करिब ५० मिटर पूर्व रहेको बारीको पाटामा मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नबिन कार्कीले मृतकको शरीरमा घाउचोट देखिएकाले उनको हत्या भएको हुनसक्ने आशंका गरे।

एसपी कार्कीले गएराती उनीसंगै मादक पदार्थ सेवन गरेका युवाहरुबीच झैं-झगडा भएको सुचना प्राप्त भए पछि सोधपुछका लागि छ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। घटनाम प्रयोग भएको ठानिएको एउटा लौरो समेत बरामद भएको प्रहरीको दाबी छ।

मृत्युको कारण र घटनाबारे थप विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार