पोखरामा मादक पदार्थ एबम लागू औषध सेवन गरी पोखरामा सवारी चलाउने सात जना चालकलाई हिरासतमा राखेर कारबाही शुरु

पोखरामा मादक पदार्थ एबम लागू औषध सेवन गरी पोखरामा सवारी चलाउने सात जना चालकलाई हिरासतमा राखेर कारबाही शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० कार्तिक २०८३
  • 1.1K
    Shares

पोखरा, ९ कार्तिक २०८३।

मादक पदार्थ एबम लागू औषध सेवन गरी पोखरामा सवारी चलाउने सात जना चालकलाई प्रहरीले पक्राउ गरेर कारबाही शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय गगनगौंडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउस्सो अन्दाजी साढे दुई बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस चोक स्थित पृथ्वीराजमार्ग सडक खण्डमा गरेको सवारी चेकजाँचका क्रममा सात जना चालकले मादक पदार्थ एबम लागू औषध सेवन गरी सवारी चलाएको भेटिए पछि उनीहरुलाई पक्राउ गरेर प्रहरीले कारबाही शुरु गरेको हो।

प्रहरीको कारबाहीमा परेका सात जना चालकमध्ये छ जनाले लागू औषध सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। कारबाहीमा परेका सात मध्ये ग १ ख ९३९९ नं. को बस चालक तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ११ बस्ने वर्ष ५३ को खिम बहादुर खत्रीले मादक पदार्थ सेवन गरेको पाइएको थियो भने लागू औषध सेवन गरी सवारी साधन चलाउनेहरुमा ग १ ख ६१७१ नं. को बस चालक लमजुङको बेंशिशहर नगरपालिका वडा नं. २ बस्ने वर्ष ३३ को पवन परियार, ग १ ख ३२८२ नं. को बस चालक तनहुँको शुक्लागण्डकी न.पा. वडा नं. ६ बस्ने वर्ष ३८ को दिपक बि.क., ग १ ख ५१५३ नं. को बस चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २८ को अमृत नेपाली, ग १ ख ४२१७ नं. को बस चालक तनहुँको भिमाद नगरपालिका वडा नं. ५ बस्ने वर्ष २३ को कृष्ण परियार, ग १ ख ८५४४ नं. को बस चालक तनहुँको म्याग्दे गा.पा. वडा नं. ६ बस्ने वर्ष ३० को मनिस गुरुङ र ग १ ख ००८३ नं. को बस चालक तनहुँको म्याग्दे गा.पा. वडा नं. ३ बस्ने वर्ष २३ को बिबेक नेपाली रहेको प्रहरीले जानकारी दिएको छ।

लागू औषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएका सातै जना चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार