कास्कीको धम्पुशमा गएराती एक युवाको कुटेर हत्या : छ जना प्रहरी नियन्त्रणमा

कास्कीको धम्पुशमा गएराती एक युवाको कुटेर हत्या : छ जना प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० कार्तिक २०८३
  • 589
    Shares

पोखरा, ९ कात्तिक २०८३।

कास्की जिल्लाको प्रसिद्ध पर्यटकीय गाउँ धम्पुशमा गएराती एक युवाको कुटेर हत्या भएको छ।

जिल्लाको माछापुच्छ्रे गाउँपालिका –७ धम्पुशस्थित घिप्ले गाउँ बस्ने २२ वर्षीय राजेन्द्र पौडेलको गएराती कुटेर हत्या भएको हो।

प्रहरीका अनुसार, पौडेल आज बिहान करीब सवा आठ बजेको समयमा आफ्नै घरदेखि करिब ५० मिटर पूर्व रहेको बारीको पाटामा मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नबिन कार्कीले मृतकको शरीरमा घाउचोट देखिएकाले उनको हत्या भएको हुनसक्ने आशंका गरे।

एसपी कार्कीले गएराती उनीसंगै मादक पदार्थ सेवन गरेका युवाहरुबीच झैं-झगडा भएको सुचना प्राप्त भए पछि सोधपुछका लागि छ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। घटनाम प्रयोग भएको ठानिएको एउटा लौरो समेत बरामद भएको प्रहरीको म्दाबी छ।

मृत्युको कारण र घटनाबारे थप विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार