उदयपुरमा ब्रेक फेल भई बोलेरो जिप दुर्घटना : १५ जना घाइते

उदयपुरमा ब्रेक फेल भई बोलेरो जिप दुर्घटना : १५ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० कार्तिक २०८३
  • 2.5K
    Shares

उदयपुर, ९ कात्तिक २०८३।

उदयपुरमा ब्रेक फेल भई बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा १५ जना घाइते भएका हुन्।

जीपका चालक कटारी–११ का २९ वर्षीय निर्पबहादुर खड्कासहित यात्रु घाइते छन् । घाइते मध्ये अवस्था गम्भीर रहेका ७१ वर्षीय राम बहादुर मगरलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ। घाइते हुनेमा बालबालिका पनि छन् । दुर्घटनामा परी घाइते भएकाहरूको उपचार कटारी अस्पतालमा भइरहेको छ ।

१. जिप चालक उदयपुर कटारी न.पा.–११ बस्ने २९ वर्षीय निर्प बहादुर खड्का
२. झापा बिर्तामोड न.पा.–६ बस्ने ३७ वर्षीया मेनुका मगर (भुजेल)
३. निजका छोरा १४ वर्षीय रेहान भुजेल
४. निजकी छोरी ७ वर्षीया प्रिन्सिका भुजेल
५. मकवानपुर हेटौंडा उ.म.न.पा.–५ बस्ने १६ वर्षीया तेन्जु लामा
६. उदयपुर कटारी न.पा.–२ बस्ने ७१ वर्षीय राम बहादुर मगर
७. निजकी छोरी ३५ वर्षीया लिसना मगर
८. ऐ. बस्ने ६० वर्षीया गोमा श्रेष्ठ
९. ऐ. वडा नं. ५ बस्ने ३९ वर्षीया अम्बिका दाहाल
१०. निजका छोरा १० वर्षीय दिक्षित दाहाल
११. ऐ. वडा नं. ११ बस्ने २१ वर्षीया निर्मला राउत
१२. ऐ. बस्ने २६ वर्षीया दिल कुमारी हायु
१३. निजका छोरा २२ महिनाका दियांश हायु
१४. महोत्तरी गौशाला न.पा.–१ बस्ने ३५ वर्षीया कबिता रेग्मी
१५. सिन्धुली दुधौली न.पा.–११ बस्ने प्रेम पौडेलका छोरा १० वर्षीय प्रदिप पौडेल रहेका छन्।

जिप चालक सामान्य घाइते भएका र उपचारपछि प्रहरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार