सर्लाही, ७ कार्तिक २०८३ ।
सर्लाहीमा ईभी र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.-०४-००१ ज ००५७ नम्बरको यात्रुवाहक ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको प्र.१-०२-००२ ख १३२४ नम्बरको ट्रक पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ मा एकापसमा ठोक्किंदा एक जनाको मृत्यु भएको हो भने अन्य ११ जना घाइते भएका छन्।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराको सुवर्ण गाउँपालिका–४ हर्दियाका ३७ वर्षीय रञ्जित रामको उपचारका क्रममा वीरगञ्जस्थित एलएस न्युरो अस्पताल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, दुर्घटनामा घाइते हुनेमा ईभी चालक महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी, महागढीमाई–९ का ४८ वर्षीय राजेन्द्र राम, सुवर्ण गाउँपालिका–४ का ४५ वर्षीय भवन राम, ४० वर्षीय राजदेव राम र विनोद राम तथा ४७ वर्षीय रुदल राम रहेका छन्।
त्यसैगरी सुवर्ण गाउँपालिका–७ का ६३ वर्षीय हरिहर राम, कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय नन्दन राम र उमेश राम, पचरौता नगरपालिका–७ का ५५ वर्षीय रामसन्देय राम तथा सिम्रौनगढका ४० वर्षीय नवलकिशोर राम पनि घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम र अन्यको सामान्य रहेको जनाइएको छ।
दुर्घटनामा संलग्न ट्रकका चालक मोरङको बूढीगंगा गाउँपालिका–४ निवासी करिब ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ। दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरतर्फ ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्गको यातायात भने अवरुद्ध नभएको जनाइएको छ।
घाइतेहरुको विवरण यस्तो छ :
१. बारा, महागढीमाई-६ का ४१ वर्षीय ईभी चालक कामेश्वर सहनी – अवस्था मध्यम
२. बारा, महागढीमाई-९ का ४८ वर्षीय राजेन्द्र राम – अवस्था सामान्य
३ . बारा, सुवर्ण-४ का ४५ वर्षीय भवन राम – अवस्था मध्यम
४. बारा, सुवर्ण-४ का ४० वर्षीय राजदेव राम – अवस्था सामान्य
५. बारा, सुवर्ण-४ का ४० वर्षीय विनोद राम – अवस्था सामान्य
६. बारा, सुवर्ण-४ का ४७ वर्षीय रुदल राम – अवस्था सामान्य
७. बारा, सुवर्ण-७ का ६३ वर्षीय हरिहर राम – अवस्था सामान्य
८. बारा, कलैया उपमहानगरपालिका-२६ का ३७ वर्षीय नन्दन राम – अवस्था सामान्य
९. बारा, कलैया-२६ कै ३७ वर्षीय उमेश राम – अवस्था मध्यम
१०. बारा, पचरौता-७ का ५५ वर्षीय रामसन्देय राम – अवस्था सामान्य
११. बारा, सिम्रौनगढ-४ का ४० वर्षीय नवलकिशोर राम – अवस्था सामान्य