अर्घाखाँचीमा दशैंको टीका लगाउन ससुराली हिडेका बाबुछोरा मृत भेटिए

अर्घाखाँचीमा दशैंको टीका लगाउन ससुराली हिडेका बाबुछोरा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ कार्तिक २०८३
  • 646
    Shares

काठमाडौं, ५ कार्तिक २०८३।

दशैंको टीका लगाउन ससुराली हिडेका बाबुछोरा अर्घाखाँचीमा मृत भेटिएका छन्।

हाल काठमाडौं बस्दै आएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८, लम्ची स्थायी घर भएका ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्य आज बिहान भूमिकास्थान नगरपालिका–२ अन्तर्गत ढाकावाङ–सन्धिखर्क सडकखण्डबाट करिब ५० मिटर तल मृत भेटिएका हुन्।

प्रहरीका अनुसार भूमिकास्थान–२ अम्लाचौरस्थित ससुराली घरमा दशैंको टीका लगाउन भनी बुधबार दिउँसो ३ बजे लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल चढेर घरबाट निस्किएका बाबुछोरा सम्पर्कविहीन भएका थिए। आफन्तले खोजी गर्ने क्रममा आज बिहान दुर्घटनाग्रस्त अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिवस जिसीले जानकारी दिए ।

दशैंमा टीका लगाउने, आफन्तसँग रमाउने र आशीर्वाद थाप्ने सपना बोकेर हिँडेका बाबुछोराको यसरी मृत्यु भएको खबरले गाउँ शोकमग्न भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार