आज विजयादशमीको सातौँ दिन: फूलपाती मनाइँदै

  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ कार्तिक २०८३
  • 646
    Shares

काठमाडौँ, ३१ असोज २०८३।

बडादशैँ अन्तर्गत आज आश्विन शुक्ल सप्तमी, विजयादशमीको सातौँ दिन फूलपाती पर्व मनाइँदै छ ।

आजको दिन नवरात्रको सातौँ दिन पनि हो । आजका दिन दसैँ घर तथा पूजा कोठामा नवदुर्गा मध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ । वैदिक सनातन परम्परा अनुसार प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत नष्ट गर्ने शक्ति भएकी देवीका रुपमा कालरात्रिको पूजा गर्ने गरिन्छ ।

शास्त्रमा कालरात्रि देवी कृष्ण वर्णकी र भयङ्कर आकृतिकी हुने उल्लेख छ । भक्तजनले भने उहाँलाई शुभ फलदायिनी देवीका रुपमा आराधना गर्छन् ।

यसै दिन अपराह्नकालमा फूलपाती भित्र्याउने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

फूलपातीमा उखु, हलेदो, केरा, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोक र मानक गरी नौ प्रकारका पात र बिरुवालाई समावेश गरिन्छ । यी नौ पत्रिकामा नवदुर्गाको वास रहने धार्मिक विश्वास छ । यसैलाई नवपत्रिका पनि भनिन्छ ।

परम्परा अनुसार गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौँको हनुमानढोका दरबारमा फूलपाती भित्र्याइन्छ । गोरखाबाट आएको फूलपाती हनुमानढोकामा भित्र्याइएको साइतमै देशभरका दसैँ घरमा पनि फूलपाती भित्र्याउने चलन छ ।

घटस्थापनाको दिन अर्थात् असोज १५ गते दसैँ घरमा वैदिक विधिपूर्वक घट कलश स्थापना गरी जमरा राखिएको थियो । सोही दिनदेखि दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ हुँदै आएको छ ।

नवरात्रभर शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्ने गरिन्छ । नवरात्रमा शक्ति, ऐश्वर्य र विद्या प्राप्तिको कामनाले देवीको विशेष आराधना गर्ने गरिन्छ ।

आज फूलपातीसँगै देशभरका शक्तिपीठहरूमा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।३१ असोज २०८३।

आज फूलपातीसँगै देशभरका शक्तिपीठहरूमा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार