सिन्धुलीका युवाले आफ्नै गाउँका साथीलाई काठमाण्डौको कलंकीमा कुटेर गरे हत्या

सिन्धुलीका युवाले आफ्नै गाउँका साथीलाई काठमाण्डौको कलंकीमा कुटेर गरे हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ असोज २०८३
  • 456
    Shares

काठमाण्डौ, २८ असोज २०८३।

सिन्धुलीका एक युवाले आफ्नै गाउँका साथीलाई काठमाण्डौको कलंकीमा कुटेर हत्या गरेका छन्।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-३ का  १८ वर्षीय रोशन पाख्रिनलाई उनकै गाउँका साथी १९ वर्षीय रूपेश पाख्रिनले कुटेर हत्या गरेका हुन्।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१४ कलङ्कीमा भएको विवादका क्रममा रूपेशले कुटपिट गर्दा रोशन गम्भीर घाइते भएका थिए। उनको कलङ्कीस्थित शहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले मंगलबार बिहान रूपेशलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धानका लागि प्रहरीले अन्य तीन जनालाई समेत नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार