सुदूरपश्चिमका प्रदेश सभा सदस्य वीरबहादुर थापाले किन दिए पदबाट राजीनामा ?

सुदूरपश्चिमका प्रदेश सभा सदस्य वीरबहादुर थापाले किन दिए पदबाट राजीनामा ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ असोज २०८३
  • 684
    Shares

पोखरा, २८ असोज २०८३ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

कञ्चनपुरबाट निर्वाचित नेकपा (एमाले) का सांसद थापाले प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै आफ्नो पदबाट राजिनामा दिएका हुन्।

प्रदेशसभाबाट मंगलबार बजेट पारित भएलगत्तै उनले प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका प्राप्त समाचारमा जनाइएको छ। सभामुख भण्डारीले थापाको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन् ।

थापा केही समयदेखि प्रदेश सरकारले ल्याएको बजेट तथा योजना बाँडफाँडप्रति असन्तुष्ट रहँदै आएका थिए । प्रदेश सरकारले बजेट विनियोजन गर्दा सन्तुलन कायम गर्न नसकेको र जनभावनाअनुसार योजना तथा कार्यक्रम समेट्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

लामो समय सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका थापा पार्टी र सरकारभित्र आफ्ना स्पष्ट अडानका लागि परिचित छन् ।

प्रदेश सरकारले ल्याएको बजेटप्रतिको असन्तुष्टि जनाउँदै उनले प्रदेशसभा सदस्य पदबाटै राजीनामा दिएपछि सुदूरपश्चिमको प्रदेश राजनीतिमा नयाँ बहस सिर्जना भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार