काठमाडौँ, जेठ २२ – सदन खुलाउने प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहमति जुटेको छ ।
सभामुखको च्याम्बरमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलिको संसद बैठक अवरोध नगर्ने बताएको हो।बैठकमा प्रमुख तीन दलबीच तीन वटै तहको निर्वाचन सहमतिमै निष्पक्षताका साथ सम्पन्न गर्ने सहमति पनि भएको छ ।
एमालेले भरतपुर महानगरपालिकामा भएको मतदान विवाद समाधान गर्न माग गर्दै यस अघि संसद बैठक अवरुद्ध पार्दै आएको थियो ।तर सत्ता पक्षले अव त्यस्तो हुन नदिने प्रतिवद्धता जनाएपछि एमाले संसद बैठक सुचारु गराउन सहमत भएको हो ।
चार बुँदे प्रतिबद्धता
सत्तारुढ दल नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले चार बुँदे प्रतिबद्धता जनाएपछि आज सहमतिको वातावरण बनेको हो ।
यस्तो छ प्रतिबद्धता

देउवालाई बाटो खुल्यो
भोलि संसद अवरुद्ध नहुने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
दलहरुबीचको सहमति अनुसार मंगलबार संसद बैठक दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा प्रमुख दलका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् । त्यसपछि पुनः बस्ने बैठकले प्रधानमन्त्री चयन गर्नेछ ।
आइतबार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका रहे पनि एमालेको अवरोधका कारण संसद बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको थियो ।