काठमाडौं/नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले पार्टीले ठीक समयमा ठीक निर्णय लिन नसक्दा समर्थकहरुले छाड्दै जान थालेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन ।
कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक पद्धतिमा पार्टीलाई हिँडाउने कि नहिँडाउने भन्ने अहिलको चासो र चिन्ता भएको जनाउँदै, ‘पार्टीभित्र गतिशीलता कसरी पैदा गर्ने र कार्यकर्तामा उत्साह र जाँगर कसरी भर्ने के गरी जनतामा आशा र भरोसा जगाउने भन्नेतर्फ सोच्नु पर्दैन ? प्रधानमन्त्री किन र केका लागि ? निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसले र कसरी चलाउने भन्ने नेतृत्वलाई सचेत गराएको खबर नागरिक दैनिकमा छ।