प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको उम्मदेवारी दर्ता

प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको उम्मदेवारी दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० जेष्ठ २०७४
  • 7.7K
    Shares

२० जेठ, काठमाडौं । नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

भोलि हुने प्रधानमन्त्रीको निर्वाचनका लागि देउवाले प्रचण्डको प्रस्ताव र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका बिजयकुमार गच्छदार, प्रजातान्त्रिक समाजवादी पार्टीका प्रेम वहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी तथा अखण्ड नेपाल पार्टीका कुमार खड्काको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवाले बिहान ११ः३० बजे आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । देउवा प्रधानमन्त्री पुष्पकमल दाहालका साथै आफ्ना समर्थक दल र पार्टीका नेतासहित संसद भवन, नयाँवानेश्वर पुगेका थिए ।

प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिएपछि सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताको समय दिएकी थिइन् । तर, उक्त समयसीमा भित्र सहमति नजुटेपछि सरकार गठन बुहमतीय प्रक्रियामा प्रवेश गरेको थियाे ।

एमालेबाट भने उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चर्चा छ । यद्यपि, एमालेले यसबारे औपचारिक निर्णय लिइसकेको छैन ।

नयाँ प्रधानमन्त्री छनोटका लागि व्यवस्थापिका संसदमा आइतबार निर्वाचन हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार