नेकपा एमाले कास्कीले आज पोखरा लेखनाथ महानगरपालीकाको अमरशिह चोकको चौरमा बिजय उत्सव मनाउदै छ।
उक्त सभालाई नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रदेश न ४ कै एक मात्र महानगरपालिकामा बिजय हासिल गरेपछी बिजय उत्सवलाई सम्बोधन गर्न ओली पोखरा अाएका छुन।
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरे । जिसीले ६० हजार ४ सय २३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४ सय ७३ मत पाए । कुँवरलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको थियो ।
उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । उनले कांग्रेस उम्मेदवार सरस्वती गुरूङलाई झण्डै १४ हजार मतान्तरले पराजित गरिन् । मञ्जुले ५६ हजार ४ सय ४८ मत पाइन् भने सरस्वतीले ४४ हजार ३ सय ३८ मत पाएकी छन् ।
कास्कीको एक महानगर र तीन गाँउपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेका उमेदवारले बाजी मारेका छन्् । यस्तै नेपाली कांग्रेसले प्रमुख पद जितेको अन्नपुर्ण गाँउपालिकाको उपप्रमुखमा पनि नेकपा एमालेले नै बाजी मारेको छ । महानगरका २० वटा वडामा प्यानल सहित जित हात पारेको एमालेले अन्य दुई वटा वडामा समेत अध्यक्ष पद जितेको छ ।
नेकपा एमालेले पोखराको मुख्य मुख्य बजारवाट बिजय र्याली निकाली अमरसिह चोक तर्फ वढ्दै छ। हजारौको सङ्ख्यामा रहेका एमाले कार्यकर्ता तथा शुभ चिन्तकले बिभिन्न नाराबाजी गर्दै बिजय उत्सव मनाएका छन।