सल्यानमा पांच दिन अघि मात्र वरिष्ठ हवल्दारमा बढुवा भएका केसी प्रहरीको ब्यारेकभित्रै मृत भेटिए

सल्यानमा पांच दिन अघि मात्र वरिष्ठ हवल्दारमा बढुवा भएका केसी प्रहरीको ब्यारेकभित्रै मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ पुष २०८२
  • 4.6K
    Shares

पोखरा , २७ पुष २०८२।

सल्यानमा प्रहरीको ब्यारेकभित्रै एक जना वरिष्ठ हवल्दार मृत भेटिएका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ घर भइ हाल जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत ४१ वर्षीय वरिष्ठ हवल्दार भीमबहादुर केसी आइतबार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार , उनी ब्यारेकभित्र ओछ्यानमा मृत अवस्थामा बिहान ६ बजेतिर फेला परेका थिए। केसी पुस २२ गते मात्रै वरिष्ठ हवल्दार पदमा बढुवा भएका थिए। बिहान ६ बजे परेडका लागि उठाउन खोज्दा उनको मृत्यु भइसकेको प्रहरीले बताएको छ। 

उनको मृत्यु हृदयाघातका कारण भएको प्रहरीले बताएको छ। घर परिवारले शव बुझेर लगेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार