जेष्ठ २, गोरखा/ गोरखाको हरमटारी बजारबाट प्रहरीले आज एक जना पत्रकारलाई गिरफ्तार गारेको छ। नेपाल पत्रकार महासघ गोरखा शाखाका अध्यक्ष सङ्ग बसिरहेको क्रममा नेट पत्रीका डट कममा निर्देशक सम्पादक बिकाश भट्ट्राईलाई प्रहरीले प्रकाउ गरेको हो। पत्रकार आफ्नो ग्रिह जिल्ला गोरखामा आएका थिय।के कारणमा पत्रकारलाई गिरफ्तार गरेको भन्ने बारेमा थाहा दिएको छैन।
कालिकोटको घटनालाई लिएर विप्लब नेत्रित्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको विरोध सभामा रिपोर्टिङ गरेर फर्केर महासघका अध्यक्ष सङ्ग बसिरहदा प्रहरीले गिर्फ्तार गरेको स्रोतले बताएका छन। पत्रकार भट्रराई नेपाल पत्रकार महासघ ललितपुर शाखाका कार्य समिति सदस्य समेत हुन।