ललितपुर महानगरमा एमालेले अग्रता लियाे

ललितपुर महानगरमा एमालेले अग्रता लियाे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ जेष्ठ २०७४
  • 12K
    Shares

ललितपुर, जेठ १ – ललितपुर महानगरपालिका–१ वडाको पछिल्लो मत परिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ ।जम्मा २९ वडा रहेको महानगरमा प्रमुख पदका लागि १४ तथा अन्य पदका गरी ६३४ जनाले उम्मेदवारी दिएका थिए । कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।


आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका सबै छ स्थानीय तह महानगरसहित दुई नगरपालिका र तीन वटै गाउँपालिकामा मतगणना जारी छ ।

ललितपुर महानगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।कांग्रेसका निर्मल तण्डुकार अध्यक्षमा निर्वाचित भएका हुन् ।उनले ६९२ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी एमालेका रमेश महर्जनले ५३० मत ल्याएका छन् ।

त्यस्तै माओवादी केन्द्रका अर्जुन तण्डुकारले २८१ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरु कांग्रेसका सुशिाला सिंजापति, कृष्ण महर्जन हरिहर तण्डुकारले क्रमशः ६२९, ५९४ ६४६ मत ल्याएका छन् । १ नं वडामा नयाँ शक्तिबाट विना कुमारी पोडे निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार