पोखरा, ८ पुष २०८२।
सिन्धुलीमा आगलागीमा परेर मृत्यु भएको भनिएकी बुहारीको हत्या गरेको खुलेको छ।
कमलामाई नगरपालिका–४ स्थित धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनको आगलागीमा परेर मृत्यु भएको खबरहरु सार्वजनिक भै रहेको बेला अप्रहरी अनुसन्धानले उनको हत्या भएको खुलेको हो।
सुशीला बम्जनको हत्या आरोपमा प्रहरीले ९ वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मिना लामा बम्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुबेदीले जानकारी दिए।
एसपी सुबेदीका अनुसार, गएको पुष ६ गते साँझ नन्द मिनाले सुशीलाको जिउमा आगो झोसेको सङ्केत गरेको छ । घटनाको समयमा सुशीलाका ससुरा दुर्गामान बम्जन समेत गम्भीर घाइते भएका छन् ।
घरभित्रै भएको यो भयानक आगजनीमा परी घाइते भएका दुर्गामानलाई जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको सिन्धुलीका प्रहरी उपरीक्षक एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।
प्रहरीले पक्राउ परेका सासू र नन्दमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाएको छ । हत्याको वास्तविक कारण अझै स्पष्ट भइनसके पनि पारिवारिक विवाद नै मुख्य कारक हुनसक्ने अनुमान गरिएको छ ।