पोखरा ३ पुष २०८२।
नुवाकोटका एक युवाको पोर्चुगलमा निधन भएको छ।
जिल्लाको म्यागङ गाउंपालिका वडा नम्बर ५ सामरी स्थायी घर भई विदुर नगरपालिका ४ विदुरमा वस्दै आएका ३० वर्षिय सुपेन्द्र डंगोलको पोर्चुगलमा निधन भएको हो ।
डंगोलको पोर्चुगलमा गत मंसिर १६ गते मंगलवार आकस्मिक निधन भएको हो । डंगोलको शव नेपाल ल्याउने तयारी भइरहेको वडाध्यक्ष जीतवहादुर तामाङले जानकारी दिए ।
डेढ वर्ष अगाडि पोर्चुगल पुगेका स्वास्थ्यकर्मी सुपेन्द्र डंगोलको पोर्चुगलको लिसबन शहरमा अकल्पनिय निधन भएको वडाध्यक्ष तामाङले वताए । डंगोलको पार्थिव शरीर वुधवार वेलुकीमात्र नेपाल आइपुग्ने र पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।