नवलपुरमा छोराले कुटेर बुबाको गरे हत्या

नवलपुरमा छोराले कुटेर बुबाको गरे हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० मंसिर २०८२
  • 4.2K
    Shares

पोखरा १० मङ्सिर २०८२।

नवलपुरमा छोराले कुटेर बुबाको हत्या गरेको छ।

नवलपुरको हुप्सेकोट गाउँपालिका-१ जुगेपानीमा मंगलबार राति पौने १२ बजे ६० वर्षीय रामबहादुर विकलाई उनकै छोरा ३० वर्षीय सन्तकुमार विकले कुटपिट गरेर हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घरायसी विवाद र झै-झगडा हुँदा सन्तकुमारले आफ्ना बुवा रामबहादुरलाई मुक्का प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

उनलाई उपचारका लागि मध्यबिन्दु अस्पताल डण्डा लगिएको थियो। अस्पतालका डाक्टरले रामबहादुरलाई गएराति सवा १२ बजे मृत घोषणा गरेको हो।

कुटपिट गर्ने सन्तकुमारलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार