टोकियो । दक्षिणी जापानमा मङ्गलबार दिउसो शक्तिशाली भूकम्प आएको छ । यद्यपी यस भूकम्पको कारण हालसम्म सुृनामीको चेतावनी भने तत्काल दिइएको छैन र भूकम्बाट मानवीय र सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ ।
जापानको राजधानी टोकियोबाट करिब १ हजार ८४० किलोमिटर दक्षिणपश्चिमका पर्ने कियाकोको जनसङ्ख्या ५५ हजार रहेको छ ।
जापानमा सन् २०११ को मार्च ११ मा समुद्र सतहतल केन्द्रविन्दु भई आएको करिब ९ रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी १८ हजार ५०० व्यक्ति मारिनुको साथै वेपक्ता भएका थिए । रासस ÷एएफपी