घान्द्रुकमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला

घान्द्रुकमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ बैशाख २०७४
  • 8.1K
    Shares

कास्की जिल्ला अन्नपुर्ण गाँउपालिका वडा नं.१० र ११ घान्द्रुक को वडा कार्यालय भवनमा सोमबार बिहान बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ l वडा कार्यालय भवनको ढोका अगाडी सेतो पलाष्टिकलाई धागोले बाँधी २ वटा तार बाहिर निस्किएको अवस्थामा बम जस्तो देखिने शंकास्पद चिज वस्तु फेला परेको हो ।
वडा कार्यालय भवनमा शंकास्पद बस्तु फेला परेको जानकारी प्रहरीलीई स्थानिय बासिन्दाले दिएपछि तत्काल प्रहरीचौकी घान्द्रुकबाट प्रहरी टोलि खटिएको थियो l त्यस शंकास्पद बस्तु निस्क्रिय गर्न नेपाली सेनाको टोलि समेतलाई खवर गरिए पनि निस्क्रिय पार्न बाँकी रहेको पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

प्रतिक्रिया