उत्तर कोरियाले एक जना अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको छ । उत्तर कोरियाले आफुनो मुलुक र नेतृत्वविरुद्ध शंकास्पद गतिविधी गरेको भन्दै एक अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको हो । किम ह्याक गान युनिर्भसिटि अफ साइन्स एण्ड टेक्नोलोजीबाट ती नागरिकलाई नियन्त्रणमा लिइएको उत्तर कोरियाली समाचार संस्थाले बताएको छ ।
अमेरिकाले नेता किम जोङ उनको हत्या गर्ने योजना बताएको एक हप्ता नपुग्दै उत्तर कोरियाले उनलाई पक्राउ गरेको छ । पक्राउ परेका अमेरिकीको नाम भने खुलाइको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई नेता उनको हत्या योजनामा संलग्न भएको अारोपमा पक्राउ गरेर हिरासतमा राखिएको छ ।